Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार देशभर ११ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति थपिए ?

अर्थसंसार

बुधबार, ०७ असोज २०७७, १७ : २३ मा प्रकाशित

बुधबार देशभर  ११ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि,  उपत्यकामा  कति थपिए ?

अर्थ संसार, काठमाडौं– बुधबार काठमाडौं उपत्यकामा ६३७ सहित देशभर थप १ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै कुल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वाथ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ९७ जनाको पिसिआर परिक्षण गरिएकोमा १ हजार १ सय ७३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार २ सय २८ रहेका छन् भने होम आइसोलेशनमा ९ हजार १ सय ८६ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ७ हजार १ सय ४ जना छन् ।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय ९३ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ४९ हजार ९ सय ५४ पुगेको छ । 

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ । मृतकमध्ये १ महिला र ६ जना पुरुष छन् ।  योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४ सय ३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको