Like us!
Follow us!
Connect us!
Watch us!

अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले बैंकहरुबाट ३० अर्ब उठाउँदै

अर्थसंसार

विहीबार, ०८ असोज २०७७, १२ : ५० मा प्रकाशित

अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले बैंकहरुबाट ३० अर्ब उठाउँदै

अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट ३० अर्ब रूपैयाँ बराबरकाे निक्षेप संकल गर्ने भएकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलनकाे उपकरण मार्फत ३० अर्ब रुपैयाँ किन्न लागेको हो । राष्ट्र बैंकले २८ दिनका लागि बैंक तथा वित्तीय संस्थासँग निक्षेप किन्ने छ।

 निक्षेप संकलनकाे बाेलकबाेलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनकाे बाेलकबाेल व्याजदरमा गर्नुपर्नेछ । बाेलकबाेल बहुव्याजदरमा पनि गर्न सकिनेछ । 

यसैगरी, बाेलकबाेलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आज (असाेज ८ गते, बिहीबार) दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । यसको साँवा तथा व्याज भुक्तानी कात्तिक ६ गते हुनेछ ।

5f6c592684ae1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको