Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार देशभर थप १ हजार ४९७ जना संक्रमित थपिए, उपत्यकामा कति ?

अर्थसंसार

विहीबार, ०८ असोज २०७७, १६ : ३१ मा प्रकाशित

बिहिबार देशभर थप १ हजार ४९७ जना संक्रमित थपिए, उपत्यकामा कति ?

अर्थ संसार, काठमाडौं– बिहिबार काठमाडौं उपत्यकामा ७५५ सहित देशभर थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वाथ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पिसिआर परिक्षण गरिएकोमा १ हजार ४९७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४५७ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ५० हजार ४११ पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ६ हजार ५६५ जना छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको