Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतक कहाँ-कहाँका ?

अर्थसंसार

विहीबार, ०८ असोज २०७७, १६ : २१ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतक कहाँ-कहाँका ?

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ मृतकमध्ये ५ जना महिला र १२ जना पुरुष छन् ।

मृतक महिलाहरुमा मोरङ, सुनसरी, भक्तपुर, काठमाडौं र धादिङका एक/एक जना छन् ।

यस्तै पुरुषहरुमा काठमाडौंका ३, धनुषाका २ जना, झापा, रौतहट, भक्तपुर, तनहुँ, दाङ, कपिलवस्तु र नवलपरासीका एक/एक जना छन् ।

यसैबीच बितेको २४ घण्टामा उपत्यकामा ७५५ सहित देशभर थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर  ४५७ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ५० हजार ४११ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।

जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ६ हजार ५६५ जना छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको