Like us!
Follow us!
Connect us!
Watch us!

आधा लाखभन्दा बढी संक्रमित कोरोनामुक्त भए

अर्थसंसार

विहीबार, ०८ असोज २०७७, १७ : ०४ मा प्रकाशित

आधा लाखभन्दा बढी संक्रमित कोरोनामुक्त भए

अर्थ संसार, काठमाडौँ - नेपालमा आधा लाखभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।  यो कुल संक्रमितमध्ये ७२.७ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितमध्ये ५० हजार ४ सय ११ जना संक्रमित निको भएर घर फर्किएका हुन् । 

नेपालमा हालसम्म ६९ हजार ३०१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यस्तै संक्रमितमध्ये ४ सय ५३ जनाले ज्यान गुमाइसकेका छन् । 

यसैबीच बितेको २४ घण्टामा उपत्यकामा ७५५ सहित देशभर थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ४५७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । 

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ६ हजार ५६५ जना छन् ।  

सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रमितको संख्या शुन्य रहेको छ, भने मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको