Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकले शुरु गर्यो किसान समृद्धि कार्डको सुविधा

अर्थसंसार

विहीबार, ०८ असोज २०७७, १८ : ४० मा प्रकाशित

सिभिल बैंकले शुरु गर्यो किसान समृद्धि कार्डको सुविधा

अर्थ संसार, काठमाडौं -  सिभिल बैंकले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्डको सुविधा संचालनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने निती अनुरुप सम्पूर्ण कृषकहरुको समृद्घिको लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको हो ।

कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोहि खाताबाट कर्जाको रुपमा बढि रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ । यो ऋण सुबिधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिने र प्रति कृषक परिवार रु पाँच लाखसम्मको ऋण सुबिधा उपलब्ध गराइने बैंकले जनाएको छ ।  ।

यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी वचत खाता खोल्नु पर्नेछ । उक्त खातामा ग्राहकको वचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ भने यदि खातामा भएको वचतभन्दा बढि रकम झिकेमा बैंकलाई ब्याज बुझाउनु पर्ने हुन्छ । हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खूद व्याज रकमको गणना हुनेछ । 

यो ऋण सुबिधा कृषिलाई मुख्य पेशाका रुपमा अँगाल्ने कृषकहरुलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइने छ जुन आफूलाई रकम आवश्यक परेको वखतमा सजिलै उपयोग गर्न सकिनेछ ।यो ऋण सुबिधाको लागि कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन । 

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशीका अनुसार यस सुविधाको ब्याजदरमा ५% अनुदान प्राप्त हुने भएकोले न्युन ब्याजदरमै यो सुबिधा उपभोग गर्न सकिनेछ । हाल कोरोनाको कारणले सिर्जित बिषम परिस्थितिमा कृषि स्वरोजगार मार्फत कृषिउत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुबिधा ल्याएको हो । 

हालसम्म ४ लाख ७० हजारभन्दा बढी ग्राहकहरु रहेको बैंकले करीव ६८.६०अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५५.२८ अर्व कर्जा लगानी गरेको छ । बैंकले ११४ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको