अर्थ संसार, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुका लागि अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै सिस्टम अपग्रेड गर्न लागिएकोले गर्दा केहि सेवाहरु २ दिनसम्म बन्द रहने जानकारी दिएको छ ।
हाल ग्राहकलाई बैंकिङ सेवा सुविधाहरु थप सहज तथा सुलभ तवरले प्रयोग गर्दै आएको कोर बैंकिङ सफ्टवेयर फिनाकल (core banking software FINACLE) लाई अपग्रेड गर्न गैरहेकोले आज (असोज ९ गते शुक्रबार) देखि भोलि (असोज १० गते शनिबार) राति ११ बजेसम्म सिटिजन्स कार्ड मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आइपिएस र कनेक्ट आइपिएस लगायत सेवाहरु बन्द रहने भएको छ ।
बैंकले जारी गरीको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस