Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, आज कति थपिए ? (पछिल्लो विवरणसहित)

अर्थसंसार

शुक्रबार, ०९ असोज २०७७, १७ : ५२ मा प्रकाशित

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, आज कति थपिए ? (पछिल्लो विवरणसहित)

अर्थ संसार, काठमाडौँ - शुक्रबार नेपालमा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको संख्या ७० हजार ६१४ जना पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १२ हजार २६२ पिसिआर गरिएकाे परीक्षणमा थप १ हजार ३ १३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । 

त्यसैगरी, शुक्रबार थप १ हजार ४५५ जना डिस्चार्ज भएका छन् । याेसँगै कुल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेकाे छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार २३७ रहेका छन् भने होम आइसोलेशनमा १० हजार ५२ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ६ हजार ४६४ जना छन् ।  

पछिल्लो २४ घण्टाको विवरण हेर्नुहोस्:

5f6dddfa95b64.jpg 5f6dde18f2ecc.jpg 5f6dde26125c0.jpg 5f6dde4808ecd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको