Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुग्यो, आज कति थपिए ? हेर्नुहोस्

अर्थसंसार

शुक्रबार, ०९ असोज २०७७, १८ : ११ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुग्यो, आज कति थपिए ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौँ - नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ६ जनाकाे मृत्यु भएको छ । जसमध्ये ३ जना महिला र ३ जना पुरूष छन् । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ जना पुगेको छ ।

मृतक महिलाहरुमा मोरङ, काठमाडौं र कपिलवस्तुका एक/एक जना छन् भने पुरुषहरुमा मोरङ सप्तरी र ललितपुरका एकएक जना छन् ।

यस्तै बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको संख्या ७० हजार ६१४ जना पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

त्यसैगरी, शुक्रबार थप १ हजार ४५५ जना डिस्चार्ज भएका छन् । याेसँगै कुल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेकाे छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको