अर्थ संसार, काठमाडौँ - नेपाल एसबिआई बैंक सञ्चालक समिति सदस्य तथा हामा आएरन एन्ड स्टिल प्राइभेट लिमिटेडका अध्यक्ष बालकृष्ण श्रेष्ठ जनसेवाश्री पञ्चमबाट सम्मानित भएका छन् । श्रेष्ठलाई संविधान दिवसकाे अवसरमा उक्त पदवी प्रदान गरिएको बैंकले जनाएको छ ।
प्रतिष्ठित उद्योगी व्यवसायी श्रेष्ठलाई उक्त सम्मानको घोषणाले थप उत्साहित बनाएको भन्दै बैंकले राष्ट्रपति एवं नेपाल सरकारप्रति आभार व्यक्त समेत गरेको छ । श्रेष्ठ सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको पूर्व अध्यक्ष समेत थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस