Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकले ऋणीहरुलाई ब्याज रकममा १२ प्रतिशत छुट दिने

अर्थसंसार

शुक्रबार, ०९ असोज २०७७, १७ : ४२ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकले ऋणीहरुलाई ब्याज रकममा १२ प्रतिशत छुट दिने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोरोना महामारीबाट ग्राहकहरूलाई परेको असरको मूल्यांकन गर्दै आफ्ना ऋणीहरुका लागि बुझाउन बाँकी आश्विन मसान्तसम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ । 

बैंकका ऋणीहरूले २०७७ आश्विन मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरेको हो ।

यसरी ग्राहकहरुलाई व्याज रकममा छुट गरिँदा २०७७ असार मसान्तसम्मको बैंकको आधार दर (Base Rate) भन्दा कम नहुने गरी छुट दिईने बैंकले जनाएको छ । 

बैंकका अनुसार उक्त माथि उल्लेखित व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु हुने छैन । 

बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले हाम्रा ऋणीहरुलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको