Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

अर्थसंसार

शुक्रबार, ०९ असोज २०७७, १९ : ५० मा प्रकाशित

राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । बैंकले ९ वर्ष अवधिकाे लागि ऋणपत्र बिक्री गर्न लागेकाे हाे । "विकास ऋणपत्र २०८६ (घ)"  नामक उक्त ऋणपत्र व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुनेछ ।

यसैगरी, उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । याे ऋणपत्र धिताे राखी कर्जा लिन/दिन पाइनेछ । उक्त ऋणपत्रकाे बाेलकबाेल असाेज ११ गते आइतबार अपरान्ह ३ बजे हुनेछ । असोज १२ गते निष्कासन भएर उक्त ऋणपत्रकाे साँवा २०८६ साल असोज १२ गते भुक्तानी हुनेछ । 

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:
 

5f6df8ff6f9ad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको