Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे पहिलाे दिन बढ्यो नेप्से, कुन कम्पनीको भयो धेरै कारोबार ?

अर्थ संसार

आइतबार, ११ असोज २०७७, १५ : २३ मा प्रकाशित

साताकाे पहिलाे दिन बढ्यो  नेप्से, कुन कम्पनीको भयो धेरै कारोबार ?

अर्थ संसार, काठमाडौं- साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.२९ अंकले बढेर एक हजार ५६५.५५ मा पुगेकाे छ । नेप्से ०.२७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.९० अंकले बढेर ३१०.४७ मा पुगेको छ ।

कूल १९१ वटा कम्पनीकाे एक कराेड ९९ लाख ७२ हजार ३ सय ११ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार ३ सय ७१ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी, आइतबार काराेबार रकमकाे आधारमा सोल्टी होटल लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीको ४८ कराेड ५६ लाख ५१ हजार ८ सय ८९ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

5f705f4f4edf1.jpg 5f705f58c38ab.jpg 5f705f5c71807.jpg 5f705f6010cb6.jpg 5f705f633e42c.jpg 5f705f6d69524.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको