Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सको आइपिओमा पहिलो दिनमै ९३ हजारभन्दा बढीको आवेदन !

अर्थ संसार

आइतबार, ११ असोज २०७७, १६ : ४९ मा प्रकाशित

जनरल इन्स्योरेन्सको आइपिओमा पहिलो दिनमै ९३ हजारभन्दा बढीको आवेदन !

अर्थ संसार, काठमाडौँ - जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गरेकाे पहिलाे दिन आज बेलुका ५ बजेसम्ममा ९३ हजार ३ सय ५ जनाको आवेदन परेको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको अनुसार बेलुका ५ बजेसम्ममा ९३ हजार ३ सय ५ जनाले ३१ लाख १८ हजार ९ सय ८० कित्ताकाे लागि आवेदन दिएका छन् । याे माग भन्दा १.१४ गुणा धेरै आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे। जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको छ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि छिटोमा असाेज १४ गते र ढिलोमा असाेज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको