Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा कारोबार रकम ह्वात्तै घट्यो !

अर्थ संसार

सोमबार, १२ असोज २०७७, १४ : २२ मा प्रकाशित

शेयर बजारमा कारोबार रकम ह्वात्तै घट्यो  !

अर्थ संसार, काठमाडौं- आज (सोमबार) शेयर बजारले ओरालो यात्रा तय गरेकाे छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.७३ अंकले घटेर एक हजार ५६०.८३ मा पुगेकाे छ । नेप्से ०.३० प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.८७ अंकले घटेर ३०९.६० मा पुगेको छ ।

कूल १९१ वटा कम्पनीकाे एक कराेड ६९ लाख ९७ हजार ४ सय २० कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५ सय २५  रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज २ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे शेयर घटेकाे छ ।

आजको शेयर तालिका हेर्नुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको