Like us!
Follow us!
Connect us!
Watch us!

झिनो अंकले घट्यो शेयर बजार, कति भयो कारोबार ?

अर्थ संसार

बुधबार, १४ असोज २०७७, १४ : ४६ मा प्रकाशित

झिनो अंकले घट्यो  शेयर बजार,  कति भयो कारोबार ?

अर्थ संसार, काठमाडौं- आज (बुधबार) पनि शेयर बजारले ओरालो यात्रा तय गरेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ३.१९ अंकले घटेर एक हजार ५५०.४३ मा पुगेकाे छ । नेप्से ०.२१ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.६४ अंकले घटेर ३०७.१७ मा पुगेको छ ।

कूल १९० वटा कम्पनीकाे ८० लाख १९ हजार १ सय ८६ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ९५ करोड ३३ लाख ५६ हजार ८ सय ९४ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ४ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी, मंगलबार काराेबार रकमकाे आधारमा नेपाल पुनः बीमा कम्पनी लिमिटेडले अग्रता कायम गरेको छ । कम्पनीको ११ कराेड २४ लाख ३५ हजार १ सय ३६ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

आजको शेयर तालिका हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको