Like us!
Follow us!
Connect us!
Watch us!

वाईवाईले ग्लोकल टिन हिरो प्रस्पिर्धा गर्ने

आइतबार, ०३ बैशाख २०७४, १० : ५६ मा प्रकाशित

वाईवाईले ग्लोकल टिन हिरो प्रस्पिर्धा गर्ने

दिनिता लामिछाने

काठमाडौं–वाई वाइले ग्लोकल टिन हिरो नामको प्रतिस्पर्धा गर्ने भएको छ । किशोरकिशोरीहरुमा भएको उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई अरु माझ चिनाउन वाइवाइले यस्तो प्रतियोगिता गर्न लागेको जनाएको छ ।

वाइवाइले गर्दै आएको उक्त कार्यक्रमको तेस्रो संस्करण हो । यसअघि नवलपराशीकी बालअधिकार कार्यकर्ता बिपना शर्मा र युवा वैज्ञानिक सन्तोष लामिछानेले उक्त प्रतियोगिता जितेका थिए । 

देशको विभिन्न ठाउँबाट किशोरकिशोरीहरुलाई यस कार्यक्रममा सहभागी गराउन काठमाडौंलगायत धनगढी, महेन्द्र्नगर, नेपालगन्ज, तुल्सीपुर, बाग्लुङ, बुटवल, भैरहावा, जनकपुर, झापा, बिराटनगर, लाहान, बनेपा, पोखरासमेत १६ शहरमा कार्यक्रम गरिने छ । 

ग्लोकलका जनसंपर्क प्रबन्धक तथा वाईवाई ग्लोकल टिन हिरोका संयोजक काजोल झाले विभिन्न संस्थासँग सम्बन्धित भई यस कार्यक्रमको घोषणा गर्न पाउदा हर्ष लागेको बताइन् । उक्त कार्यक्रमको निर्णायकमा युएनडिपीका आवासीय प्रतिनिधि रेनाउड मेयर, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरज बैद्य, सोल्टी होटलका महाप्रबन्धक, नायिका रिचा शर्मा र प्रिज्मा एडभर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रंजित आचार्य छन् । 

कामको प्रभावको आधारमा उत्कृष्ट ६ जनामध्ये अन्तर्वातापछि बिजेताको घोषणा गरिने छ । ग्लोकल टिन हिरोको पुरस्कार १ सेप्टेम्बरमा वितरण गरिने छ । ग्लोकल टिन हिरोको आवेदन १४ अप्रिल देखि खुल्ने छ । यसमा अन्लाईन www.teenhero.glocalkhabar.com  बाट आवेदन गर्न सकिने छ ।  

एस्तै गरी  नेपालमा किशोरकिशोरीहरुको लागि पहिलो पटक अन्तराष्ट्रिय सम्मेलन आयोजन हुन लागेको छ ।

राष्ट्रिय विकासको बाधाहरु र प्रमाणित मुद्दाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागि यो एक मौकाको रुपमा आयोजना गर्न लागिेएको आयोजकले बताएको छ । 

यस सम्मेलनमा अफगानिस्तान, बंगलादेश, इन्डोनेसिया, लाइबेरियालगायतका मुलुकका किशोरकिशोरीहरुको विचार, अनुभव प्यानल छलफलमार्फत प्रस्तुत हुने छ । 

‘अझै बढ्नेछ सेयर बजार, आत्तिनुपर्ने अबस्था छैन’ : एसपी चौलागाईंको विष्लेषण 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको