Like us!
Follow us!
Connect us!
Watch us!

भायानेटको चाडपर्व अफर : भायानेट बडा दशैंमा बडा टिभी

अर्थ संसार

विहीबार, १५ असोज २०७७, १२ : २३ मा प्रकाशित

भायानेटको चाडपर्व अफर : भायानेट बडा दशैंमा बडा टिभी

अर्थ संसार, काठमाडौं - इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले आफ्ना ग्राहकहरुका लागि  यस वर्षको आफ्नो चाडपर्वको अफर “भायानेट बडा दशैंमा बडा टिभी” ल्याएको छ । 

कम्पनीका अनुसार नेपालीहरुको महान चाड दशैं र तिहारको उपलक्ष्यमा “भायानेट बडा दशैंमा बडा टिभी” नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिनेछ ।


यस योजना अन्तर्गत, भायानेटका ग्राहकहरुले ४३" Skyworth LED TV को साथ  ३० mbps इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र ४१ हजार ९ सय ९० रुपैयाँमा प्राप्त गर्नेछन् । यस्तै  ३२@" Skyworth LED TV को साथ ३० mbps इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र २८ हजार ९ सय ९० रुपैयाँमा प्राप्त गर्नेछन्। 

यति मात्र होइन, यो चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले ईसेवाको ६ सय ५० रुपैयाँसम्मको क्यास भाउचर प्रदान गर्दैछ भने पुराना ग्राहकहरुले थप ६० सय रुपैयाँ सम्मको छुट पनि प्राप्त गर्नेछन्। 

ग्राहकहरुले यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५% भन्दा बढीको छुट पाउने भायानेटले दावी गरेको छ  । भायाटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने  LED TV मा स्मार्टटिभीको फिचरको मजा लिन सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको