अर्थ संसार, काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले भोलि (असोज १६ गते शुक्रबार)देखि ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुल्ला गर्ने भएको छ ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरले ३० लाख कित्ता ८.५०% एस.बी.एल. डिबेन्चर २०८४ बिक्री खुल्ला गर्ने भएको हो । जसमध्ये लगानीकर्ताले वार्षिक ८.५०% ब्याजदर पाउन सक्नेछन् ।
बैंकका अनुसार ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र १८ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गरिनेछ । उक्त ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ ।
ऋणपत्र निष्काशन बन्द छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गते हुनेछ।
लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त सि-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेड गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस