Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको ५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ११ बैशाख २०८१, १० : ३१ मा प्रकाशित

सिद्धार्थ बैंकको ५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले सेयरधनी संजय कुमार केडियाको नाममा रहेको चार लाख ५० हजार र रुबिका अग्रवालको नाममा रहेको ६० हजार ३०७ कित्ता गरी ५ लाख १० हजार ३०७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयर हाल विद्यमान संस्थापक सेयर धनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । यसका लागि ३५ दिनभित्र आवश्यक कागजात सहित खरिद गर्न चाहेको कित्ता विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट कुनै खरिद आवेदन नपरेमा गैर संस्थापक व्यक्ति वा संस्थालाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको