Like us!
Follow us!
Connect us!
Watch us!

राष्टिय व्यावसायिक पहलद्धारा लकडाउन नदोहोर्याउन सरकारसँग माग

अर्थ संसार

शुक्रबार, १६ असोज २०७७, १८ : ३० मा प्रकाशित

राष्टिय व्यावसायिक पहलद्धारा लकडाउन नदोहोर्याउन सरकारसँग माग

अर्थ संसार, काठमाडौं - राष्ट्रिय व्यावसायिक पहल (NBI)ले स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकाल भेटवार्ता गरेको छ । राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मन्त्री ढकालसँग भेटवार्ता गरी लकडाउन नदोहोर्याउन सरकारसंग अनुरोध गरेको छ । 

प्रतिनिधिमण्डलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष एव राष्ट्रिय व्यवसायिक पहलका कोषाध्यक्ष दिपक मलहोत्रा, रेष्टुरेन्ट तथा वार एशोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारी एवं होटल एशोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो । 

भेटवार्तामा कोभिड-१९ संक्रमण न्युनीकरणमा निजी क्षेत्रले गरेको प्रयास र सरकारको भूमिका सम्वन्धमा समेत छलफल भएको छ । पहलका अध्यक्ष कुशकुमार जोशीले कोरोना महामारी नियन्त्रणको लागि सरकारले जारी गरेको ६ महिनाभन्दा लामो लकडाउनका कारण सम्पूर्ण व्यवसायिक क्षेत्र धराशायी भएको बताउँदै मुलुकले अब थप अनिश्चितकालिन बन्द थेग्न नसक्ने भन्दै यसको विकल्पमा ध्यान दिन सरकारसंग आग्रह गरे । 

सरकारले लकडाउन खुकुलो पारेसँगै विस्तारै अर्थतन्त्रले गति लिन शुरु गरेको बताउँदै कोभिड-१९ले निम्त्याउने सक्ने जोखिम समाजमा केहि वर्षसम्म रहन सक्ने विज्ञहरुले अनुमान गरेकाले सम्भावित जोखिम न्युनीकरण गरी व्यवसायिक क्रियाकलापलाई सुरक्षित एवं बैज्ञानिक रुपमा सञ्चालन गर्न निजी क्षेत्र प्रतिवद्ध छ र यसमा सरकारको ठोस सहयोगको आवश्यकता रहेको बताए ।  

मुलुकको सामाजिक तथा आर्थिक क्षेत्र थप धरायसी हुन नदिन अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा शुरुवाती चरण देखिनै पहलले जोड दिँदै आएको बताउँदै महामारी शुरु हुनासाथ अत्यावश्यकीय वस्तु सेवा लगायत सम्पुर्ण क्षेत्र क्रमश: सुचारु गर्दै जानुपर्ने आवश्यकता महशुस गरी पहलले तत्कालै कोभिड १९ का लागि “आधारभुत व्यवसायिक योजना पुर्वतयारी एवं सञ्चालन योजना” सार्वजनिक गरी आम उद्योग व्यवसाय सञ्चालनको आधार तयार गरेको, स्वास्थ्य सुरक्षा सामग्री सरकारलाई हस्तान्तरण गरेको, क्षेत्रगत रुपमा सवै क्षेत्रमा प्रोटोकल निर्माणमा सहयोग एवं प्रेरित गरिरहेको, आफै जिम्मेवार भई स्वघोषणा गर्ने लगायतका कार्यमा सघाउ पुर्याउँदै पहले हाल स्तरीय प्रोटोकल निर्माणको प्रक्रियामा रहेको जानकारी गराए ।

यसको कार्यान्वयनका लागि सरकार, जनस्वास्थ्य अधिकृत तथा राष्ट्रिय व्यवसायिक पहल सम्मिलित अनुगमन टोली गठन गर्ने, उक्त प्रोटोकलको पालना भए नभएको अनुगमन मुल्याकन गरी प्रमाणित गर्ने व्यवस्था मिलाई यसलाई मुलुकभरका सबै स्थानिय निकायहरुमार्फत लागु गर्न सरकारसँग अनुरोध गरे ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विप्रेषणमा आधारित नेपाली अर्थतन्त्र, पर्यटन क्षेत्र, सेवा व्यापार, यातायात क्षेत्र, निर्यात व्यापार, रोजगारी कटौती लगायत साना, मध्यम तथा ठुला सवै खालका व्यवसाय धरासायी भएको बताउँदै समग्र अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी अर्थतन्त्रलाई जोगाउन अल्पकालिन तथा दिर्घकालिन योजना, राहत तथा पुर्नउत्थानका कार्यक्रमका साथ अघि बढ्नुपर्नेमा जोड दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको