Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन लघुवित्तको एफपिओ छिनोफानो आज !

अर्थ संसार

आइतबार, १८ असोज २०७७, ०८ : ५७ मा प्रकाशित

एनआरएन लघुवित्तको एफपिओ छिनोफानो आज !

अर्थ संसार, काठमाडौं – एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा आज  (असोज १८ गते, आइतबार) हुँदैछ । संस्थाको असोज ४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा होटल दिनेश, धनगढी, कैलालीमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा पुनः सर्वसाधारण शेयर अर्थात् एफपिओ निष्कासन गर्ने सम्बन्धमा छलफल गरिनेछ । त्यसैगरी, सभामा लघुवित्तको नाम परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कर्पोरेट कार्यालय बुढानिलकण्ठ नगरपालिका ९, काठमाडौँमा स्थापना गर्ने, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने र साविकका किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तसँगको मर्ज अनुमोदन गर्ने विशेष प्रस्तावहरू छलफल गरि पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले विशेष साधारण सभा गर्ने प्रयोजनका लागि असोज ११ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको