Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँडको साइत जुर्यो  !

अर्थ संसार

आइतबार, १८ असोज २०७७, १७ : १३ मा प्रकाशित

जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँडको साइत जुर्यो  !

अर्थ संसार, काठमाडौं– जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) बाँडफाँडको मिति तय भएको  छ । 
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडको अनुसार मंगलबार १० : ३० बजे क्यापिटलको हलमा बाँडफाँडको  हुनेछ । आइपिओको ’प्रि अलोटमेन्ट’ आइतबार भएको छ । 

कम्पनीले असोज ११ गतेदेखि असोज १४ गतेसम्म निष्काशन गरेको आइपिओमा  ८ लाख १३ हजार ७ सय २५ जना आवेदकबाट २ करोड २४ लाख ७७ हजार ३० कित्ताको लागि आवेदन परेको छ । शेयर निष्कासन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन् । बाँकी आवेदकको भने हात खाली हुनेछ ।

कम्पनीले असोज ११ गते आइतबारबाट असोज १४ गते बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको