Like us!
Follow us!
Connect us!
Watch us!

नोकिया २.४ नेपालमा सार्वजनिक, मूल्य कति पर्छ ? हेर्नुहोस्

अर्थ संसार

आइतबार, १८ असोज २०७७, १६ : ५१ मा प्रकाशित

नोकिया २.४ नेपालमा सार्वजनिक, मूल्य कति पर्छ ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं — एचएमडी ग्लोबल, होम्स् फर नोकिया फोनले आज (आइतबार) नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेशनले नाइट मोड र पोट्रेट मोड सहित एडभान्स इमेज सुविधा प्रदान गर्दछ । ठुलो ६.५ इन्च एचडी प्लस स्क्रीनका साथ लामो समयसम्म अधिक तस्वीरहरु हेर्न र खिच्न  ।  ब्याट्री यसको दुई दिनसम्म टिक्दछ ।  लोकप्रिय एप र गेमहरु लामो समयसम्म ब्याट्रीको चिन्ता बिना नै स्वतान्त्र रुपले मज्जा लिन सक्ने कम्पनीले जनाएको छ । 

यसबाट आधुनिक आवश्यकताहरु जस्तै फिंगरप्रिन्ट र फेस अनलकका साथै सहज पहुँच र थप सुरक्षाको लाभ लिन सकिन्छ । यसका साथै नोकिया २.४ एन्ड्रोइडमा ३ वर्षसम्मको मासिक सक्युरिटी अपडेट र २ वर्ष सम्मको ओएस अपडेट छ जसको अर्थ यो एन्ड्रोइड ११ र १२ का लागि तयार छ ।

नोकिया २.४ मा ४५०० एमएएच ब्याट्री छ जुन एकपटक चार्ज गर्दा दुई दिनसम्म टिक्छ । यसले तपाईंले कुन एप बढि प्रयोग गर्नुहुन्छ भन्ने थाहा पाउँछ र यसका लागि पावरलाई प्राथमिकता दिन्छ ताकि तपाईंले आफ्नो मनपर्ने सुविधाहरु धेरै समयसम्म प्रयोग गर्न सक्नुहुन्छ ।

ग्रे रंगमा उपलब्ध यो फोनमा २ जीबी र्याम र ३२ जीबी रोम रहेको छ ।  नेपाली बजारमा यसको मूल्य १४ हजार ५ सय ९९ मा दराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुनेछ । 
 
नेपालका लागि नोकिया फोनको आधिकारी वितरक टेलि टक रहेको छ ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको