Like us!
Follow us!
Connect us!
Watch us!

अब नोकिया बार फोनहरुमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, १२ : ५१ मा प्रकाशित

अब नोकिया बार फोनहरुमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी

अब नेपाली उपभोक्ताहरुले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन् । नोकिया फोनहरूको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो । 

टिकाउपन र भरपर्दो ब्याट्रि लाइफले गर्दा सबैजना नोकिया फोनलाई माया र विश्वास गर्छन् र एउटा सेट आफुसँग राख्न चाहन्छन् । उपभोक्ताको यो विश्वासलाई कायम राख्न र आफ्नो ब्रान्ड लोयल्टि अझै बढाउन नोकियाले आफ्नो बार फोनहरुमा रिप्लेसमेन्टको सुविधा ल्याएको हो । 

यो क्याम्पेन अन्तर्गत उपभोक्ताहरुले अधिकारिक वितरक र शोरुममा गएर आफ्नो पुरानो नोकिया बार नयाँँ फोनसँग साट्न सक्नेछन् । यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१०, र १२५ मोडलमा लागु हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको