Like us!
Follow us!
Connect us!
Watch us!

टेलिटक प्राइभेटलाई नेपालको आधिकारिक केयर सेन्टरको रूपमा नियुक्त गरिँदै

अर्थ संसार

सोमबार, २१ भदौ २०७८, ११ : ३१ मा प्रकाशित

टेलिटक प्राइभेटलाई नेपालको आधिकारिक केयर सेन्टरको रूपमा नियुक्त गरिँदै

नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्राइभेट लिमिटेडले, ताम्राकार कम्प्लेक्स, न्यूरोड, काठमाडौँमा नोकिया फोन केयर सेन्टर सुचारु गरेको छ । ग्राहकहरुबाट नोकिया उत्पादनहरुको बढ्दो मागले कम्पनीलाई वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर खोल्न प्रेरित गरेको हो । अब ग्राहकहरुले आफ्नो स्मार्टफोनका मर्मतको समस्याहरुलाई सेवा केन्द्रबाट बिना कुनै ढिलाई सजिलै समाधान गर्न सक्दछन्।

टेलिटक प्राइभेट लिमिटेडका निर्देशक प्रतीक जलानले केयर सेन्टरले नोकिया स्मार्ट फोनको मर्मत सम्बन्धी सबै सेवाहरु प्रदान गर्ने बताएका छन् ।

नेपालमा नयाँ लन्च गरिएको उत्पादन 

स्मार्ट फोन क्याटागोरीमा भर्खरै लन्च गरिएका नोकिया जी १०, नोकिया जी २० र नोकिया सी २० फोनहरु किफायती मूल्यमा अत्याधुनिक सुविधाहरुसँंग उपलब्ध भएका छन् । साथै फीचर फोनहरु जस्तै नोकिया ५३१०, नोकिया ३३१०, नोकिया १५० र अन्य फोनहरु सूपथ मूल्यमा आउँनुका साथै सजिलै देश भरीमा उपलब्ध छन् । ब्राण्डले भर्खरै नोकिया एसेन्शीयल वायरलेस हेडफोन, नोकिया लाइट इयर बड्स र नोकिया पोर्टेबल वायरलेस स्पीकरलाई आफ्नो एक्सेसरिजहरुको क्षेत्रमा लन्च गरेको छ जसले गुणस्तरीय उत्पादनहरु प्रस्तुत गर्नका साथै ग्राहकहरुलाई विश्वास र हेरचाह पनि प्रदान गरिरहेको छ ।

गुणस्तर

नोकिया एक विश्वसनीय र भरपर्दो ब्रान्ड हो जसले ३ दिनको ब्याट्री लाइफ प्रदान गर्दछ र तीन वर्षसम्मको सेक्युरिटी अपडेट आफ्नो स्मार्टफाेनमा प्रदान गर्दछ जहाँ फाइलहरु, भिडियोहरु, फोटोहरु र डाटा सधैँ सुरक्षित हातमा रहनेछ । नोकियाका फीचर फोनहरु र नोकिया सी १ स्मार्ट फोन विश्वसनीय र टिकाऊ ह्यान्डसेटहरु हुन् जुन ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टीको साथ उपलब्ध छ । 

एचएमडी ग्लोबल

स्पु,फिनल्याण्डमा मुख्यालय रहेको, एचएमडी ग्लोबल ओवाई नोकिया फोनहरुको साझा घर हो । एचएमडीले ग्राहकहरु र मूल्य विन्दुहरुको एक श्रेणीमा लक्षित स्मार्टफोन र फीचर फोनको एक रेन्जलाई डिजाइन गर्दछ । नवीनता र गुणस्तरको लागी प्रतिवद्धताका साथ, नोकिया ब्रान्ड एचएमडी फोन र ट्याब्लेटहरुको इजाजतपत्र भएको प्राप्तकर्ता हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको