अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपाल सरकारको ७ वर्ष अवधिको १० अर्बको विकास ऋणपत्र २०८४"घ" बोलकबोलमार्फत निष्काशन तथा बिक्री गर्ने भएको छ ।
विकास ऋणपत्र २०८४"घ" नामक ऋणपत्रको असोज २० गते दिउँसो ३ बजे बोलकबोल हुनेछ भने निष्काशन असोज २१ गते हुनेछ ।
इच्छुक खरिदकर्ताले राष्ट्र बैंकको Online Bidding System Software: https://obss.org.np/pd मार्फत् बोलकबोल पेश गर्न सक्नेछन्।
उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरुले भाग लिन सक्नेछन् इच्छुक खरिदकर्ताहरु प्रतिस्पर्धी वा अप्रतिस्पर्धि रुपमा सनाभागी हुन सक्नेछन् ।
खरीदकर्ताहरुले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग जाने अंकका लागि बोलकबोल गर्नुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस