Like us!
Follow us!
Connect us!
Watch us!

आज जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड, नतिजा यहाँबाट हेर्नुहोस्

अर्थ संसार

मंगलबार, २० असोज २०७७, ०६ : ४१ मा प्रकाशित

आज जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड, नतिजा यहाँबाट हेर्नुहोस्

अर्थ संसार, काठमाडौं– जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) आज (असोज २० गते मंगलबार) हुँदैछ । 

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडको अनुसार आज बिहान १० : ३० बजे क्यापिटलको हलमा बाँडफाँडको हुनेछ । आइपिओको ’प्रि  अलोटमेन्ट’ आइतबार भएको छ । 
कम्पनीले असोज ११ गतेदेखि असोज १४ गतेसम्म निष्काशन गरेको आइपिओमा  ८ लाख १३ हजार ७ सय २५ जना आवेदकबाट २ करोड २४ लाख ७७ हजार ३० कित्ताको लागि आवेदन परेको छ । शेयर निष्कासन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन् । बाँकी आवेदकको भने हात खाली हुनेछ ।

कम्पनीले असोज ११ गते आइतबारबाट असोज १४ गते बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ)  निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

नतिजा कहाँबाट हेर्ने ?

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बाँडफाँड नतिजा लगानीकर्ताले मेरो शेयरबाट  हेर्न सकिन्छ ।  यस्तै  लगानीकर्ताले  सजिलैसँगै arthasansar.com  को आइपिओ रिजल्ट (IPO Result) को यो लिंक https://arthasansar.com/ipo-result खोलेर  पनि सजिलै हेर्न सक्नेछन्। 

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो arthasansar.com पेजलाई लाइक गर्नुको साथै हाम्रो youtube च्यानललाई  subscribe गरी शेयर बजार  सम्बन्धी लिएको अन्तरवार्तालाई हेरी ज्ञान लिन सक्नुहुनेछ  ।   

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको