Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

अर्थ संसार

मंगलबार, २० असोज २०७७, ११ : ११ मा प्रकाशित

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

अर्थ संसार, काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र खरिद आवेदन दिने आज (असोज २० गते मंगलबार) अन्तिम मौका रहेको छ।

बैंकले गत असोज १६ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ‘८.५०% एसबीएल डिबेन्चर २०८४’ नामक ऋणपत्र निष्कासन गरेको छ । उक्त ऋणपत्रमा आज बैंकिङ समयसम्म मात्र खरिद आवेदन दिन सकिनेछ ।

जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि र १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता का लागि दरखास्त दिन सक्नेछन्। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। 

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको