Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको इतिहास कै कमजोर लाभांश आज पारित हुदैँ

अर्थ संसार

मंगलबार, ०५ मंसिर २०८०, ०८ : ११ मा प्रकाशित

सिद्धार्थ बैंकको इतिहास कै कमजोर लाभांश आज पारित हुदैँ

सिद्धार्थ बैंक लिमिटेडको वार्षिक साधारणसभा आज (मंसिर ५) बस्दै छ। सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजेबाट साधारणसभा सञ्चालन हुनेछ । साधारणसभाका सामान्य प्रस्तावमा २२ औं वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण छलफल गरि पारित गर्ने, सहायक कम्पनी सिद्धार्थ क्यापिटलको वित्तीय विवरण छलफल गरि पारित गर्ने लगायत रहेका छन् ।

बैंकले आफ्नो साधारणसभा तथा लाभांश प्रयोजनार्थ कात्तिक २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात कार्तिक २० गते सम्म कायम रहेका सेयरधनीले कम्पनीले घोषणा गरेको लाभांस प्राप्त गर्नेछन। 

कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारणसभा सम्बन्धि विभिन्न निर्णयहरु गरेको थियो। कम्पनीले गत वर्षसम्मको सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।

हाल सम्म कै कम्जोर लाभांश 

बैंकको लाभांश इतिहास हेर्ने हो आर्थिक वर्ष २०७९/८०को लाभांस बैंकले दिएको अहिले सम्म कै कमजोर हो। बैंकको १३ वर्षको लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७२/७३ मा ३९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे भने सबैभन्दा थाेरै गएको आर्थिक वर्ष २०७९/८० को हालै मात्र घोषणा गरिएको ४.२१ प्रतिशत लाभांश रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको