चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा अघिल्लो वर्षको ५८ करोड रुपैयाँबाट २२० प्रतिशतले बढेर १ अर्ब ८६ करोड रुपैयाँमा पुगेको हो। डिबेन्चर रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएपछि पनि लाभांश वितरणको आधार १३.२२ प्रतिशतसम्म पुगेको छ।
समीक्षा अवधिमा बैंकको कुल मुनाफा १०.२४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष यो ३ अर्ब ८ करोड रुपैयाँ थियो। बैंकले कम जोखिम भएका कर्जामा प्राथमिकता दिँदै लगानी पोर्टफोलियो सुदृढ पारेको छ, जसका कारण खराब कर्जा दर २.६२ प्रतिशतमा सीमित छ।
खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढ्दै ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। सेवा शुल्क र अन्य आम्दानी पनि १५.०९ प्रतिशतले बढेर १ अर्ब ६४ करोड रुपैयाँमा पुगेको छ। यसैगरी सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतको वृद्धिसँगै कुल आम्दानी ११ अर्ब १६ करोड रुपैयाँमा पुगेको छ।
गत वर्षको तुलनामा बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढेर २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशत वृद्धि भई २ खर्ब १४ अर्ब रुपैयाँमा पुगेको छ। निक्षेपमा ३८ अर्ब ९९ करोड र कर्जामा १९ अर्ब ७ करोड रुपैयाँको वार्षिक वृद्धि भएको छ।
असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १० पैसा रहेको छ भने वितरणयोग्य आम्दानीमा आधारित प्रतिशेयर आम्दानी १३ रुपैयाँ २२ पैसा छ। प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा पुगेको छ, जुन अघिल्लो वर्षभन्दा २३ रुपैयाँ ६१ पैसा बढी हो। मूल्य–आम्दानी अनुपात १५.९३, पूँजीकोष अनुपात ११.७७ प्रतिशत र कर्जा–निक्षेप अनुपात ७६.९२ प्रतिशत रहेको छ। आधार ब्याजदर ६.४२ प्रतिशत र स्प्रेडदर ३.९८ प्रतिशतमा कायम छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस