Like us!
Follow us!
Connect us!
Watch us!

फितलो लाभांश घोषणापछि सिद्धार्थ बैंकको सेयरमूल्यमा पहिरो, एकैदिन ३% भन्दा बढिले घट्यो सेयरमूल्य

अर्थ संसार

विहीबार, २५ असोज २०८०, १९ : ११ मा प्रकाशित

फितलो लाभांश घोषणापछि सिद्धार्थ बैंकको सेयरमूल्यमा पहिरो, एकैदिन ३% भन्दा बढिले घट्यो सेयरमूल्य

नेपालका 'क' वर्गका बैंकहरु आकर्षक लाभांशका चिनिएका छन् । अन्य सेक्टरमा मन्दी लाग्दा पनि नेपालका बैंकहरुले भने लोभलाग्दो बोनस पस्कने गरेका छन् । यो वर्ष पनि माछापुच्छ्रे बैंकले १४ प्रतिशत, सानिमा बैंकले १४.७० प्रतिशत, एनआईसी एसिया बैंकले ३०.५२ प्रतिशत र एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

बोनस प्रस्ताव गरेका ६ बैंकमध्ये चारले दोहोरो अङ्कमा लाभांश बाँड्दा दुई बैंकले भने एकल अङ्कमा लाभांश घोषणा गरेका छन् । त्यसमध्ये सिटिजन्स बैंकले ५.७९ प्रतिशत र सिद्धार्थ बैंकले सबैभन्दा कम अर्थात ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । लाभांश घोषणा पछि निराश बनेका सिद्धार्थ बैंकका लगानीकर्ताले सेयर बिक्री बढाउँदा बिहीबार उक्त बैंकको सेयरभाउसमेत ३.२३ प्रतिशतले घटेको छ ।

खासै तलमाथि नहुने बैंकको सेयरभाउमा एकैदिन ३.२३ प्रतिशतको गिरावटलाई उल्लेख्य मान्न सकिन्छ । बिहीबार उक्त बैंकको सेयर २४२.५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीको अघिल्लो ५२ हप्ताको न्यूनतम मूल्य २३८ रुपैयाँ रहेको छ । अघिल्लो वर्षको वार्षिक रिपोर्ट अनुसार भने उक्त बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ भन्दामाथि नै रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको