Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंककाे १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, २३ मंसिर २०७९, ११ : २४ मा प्रकाशित

सिद्धार्थ बैंककाे १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्न लागेको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नाे नाममा रहेकाे १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयर बिक्री गर्न लागेकाे हाे ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर, बैंकको कम्पनी सचिवको कार्यालय हात्तिसार काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो । 

सो समयभित्र कुनैपनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम संस्थापक शेयरधनीहरुको दावी नभएको सम्झी अन्य व्यक्तिहरुलाई बिक्री गरिने पनि बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको