Like us!
Follow us!
Connect us!
Watch us!

सन्राइज बैंक र आईएमई मोटर्सबिच सम्झौता

अर्थ संसार

मंगलबार, २० असोज २०७७, १५ : ३० मा प्रकाशित

सन्राइज बैंक र आईएमई मोटर्सबिच सम्झौता

अर्थ संसार, काठमाडौं-सन्राइज बैंक र आई एम ई समूहद्वारा संचालित नेपालका लागि Ashok Leyland Brand का विभिन्न सवारी साधनको आधिकारीक बिक्रेता आई एम ई मोटर्स प्राइभेट लिमिटेड बिच (IME Motors Pvt. Ltd ) सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आई एम ई मोटर्सका तर्फबाट कार्यकारी निर्देशक  सन्दिप अग्रवालले हस्ताक्षर गर्नुभएको थियो ।

यस सहमतिपत्र अनुरुप, आई एम ई मोटर्सद्वारा वितरित सवारी साधन खरिद गर्नका लागि सन्राइज बैंकबाट कर्जा प्रवाह गर्ने सहमतिमा हस्ताक्षर भएको छ । ग्राहकहरुले उक्त सवारी साधन खरिदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशत सम्मको कर्जा सुबिधा पाउने बैंकले जनाएको छ ।

कर्जाको मासिक किस्ता ई एम आई ९भ्ःक्ष्० को आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ । कर्जा बैंकले ३ कार्य दिन भित्र उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको