Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त

अर्थ संसार

मंगलबार, २० असोज २०७७, १८ : २४ मा प्रकाशित

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त

अर्थ संसार, काठमाडौं - नबिल बैंक लिमिटेडको अध्यक्षमा बैंकर तथा समाज सेवी उपेन्द्र पौड्याललाई नियुक्त भएका छन् । आज (मंगलबार) बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको हो । उनी पछिल्लो समय एसियाप्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत हुन्  ।

नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेको उनी सफल बैंकर्सका साथै समाजसेवीका रूपमा समेत परिचित छन् । पौड्यालले यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

बैंकमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको थियो । शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो । उनीहरुको पदावधि सकिएसंगै पौड्याललाई नियुक्त गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको