Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छे बैंकको १०.४०% लाभांश सुरक्षित गर्ने अन्तिम मौंका  !

अर्थ संसार

बुधबार, २१ असोज २०७७, ०८ : ३७ मा प्रकाशित

माछापुच्छे बैंकको १०.४०% लाभांश सुरक्षित गर्ने अन्तिम मौंका  !

अर्थ संसार,काठमाडौं-माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने असोज २१ गते अन्तिम दिन रहेको छ । बैंकले लाभांशसहित विविध पस्ताव पारित गर्न कात्तिक ६ गते २२ औं वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा र लाभांश प्रयोजनका लागि बैंकले असोज २२गते बुक क्लोज गर्ने भएकोले असोज २१ गते भित्र शेयर कायम गर्नुपर्नेछ । 

यस वर्ष बैंकले वाणिज्य बैंकहरुमध्ये सवैभन्दा पहिला साधारणसभा गर्न लागेको हो । सभाले बैंक सञ्चालक समितिले असोज १ गते प्रस्ताव गरको १० दशमलव ४० प्रतिशत लाभांश पारित गर्नेछ । बैंकले यो वर्ष ७ दशमलव शून्य ३ प्रतिशत  बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

कातिक ६ गते हुने सभाले लाभांशसहित अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर या एक्विजिसन गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिए सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारीसमेत दिनेछ ।

साथै, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा पतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचनसमेत सभाले गर्नेछ । सभा होटल पोखरा ग्राड पार्दी, पोखरामा विहान ११ बजेदेखि सुरु हुनेछ । 

लगानीकर्ताले झन्झट रहित शेयरकारोबार गर्न कहिलेदेखि पाउने ? Arthasansar Talk | Chandra Singh Saud

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको