Like us!
Follow us!
Connect us!
Watch us!

सबै तहका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

अर्थ संसार

बुधबार, २१ असोज २०७७, १३ : ०६ मा प्रकाशित

सबै तहका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

अर्थ संसार, काठमाडौं - सरकारले लकडाउनका कारण रोकिएका सबै तहका परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत चैत देखि स्थगित विद्यालय तहदेखि विश्वविद्यालयसम्मका सबै तहको परीक्षा सञ्चालन गर्न दिएको हो ।

बैठकले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी सबै मापदण्ड पूर्णरुपमा पालना गरी सबै तह र विषयका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो । 

सरकारको यो निर्णयसँगै परीक्षासम्बन्धी आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा विश्वविद्यालय तथा शिक्षण संस्थानहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सञ्चालन गर्न बाटो खुलेको छ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको