Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा करेक्शन : लगानीकर्ता प्रोफिट बुकमा दौडिए

अर्थ संसार

विहीबार, २२ असोज २०७७, १५ : २६ मा प्रकाशित

शेयर बजारमा करेक्शन :  लगानीकर्ता प्रोफिट बुकमा दौडिए

हेरौं, आजको शेयर तालिका । 

अर्थ संसार, काठमाडौं– लगातार दिई दिन बढेको शेयर बजारमा साताको अन्तिम दिन (आज) बिहीबार सामान्य करेक्शन आएको छ । लगानीकर्ताले विशेष गरी हाइड्रोपारको शेयरमा प्रोफिट बुक गर्न खोज्दा बजार घट्न पुगेको छ । अधिकांश हाइड्रोपावर कम्पनीको शेयर घटेको छ ।

बजार ११.३४ अंकले घटेको छ ।  बजारमा कारोबार भएको १२ वटा समूहमध्ये ९ वटा समूह घटेका छन् । कुल १९३ वटा कम्पनीको  १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ रुपैयाँको कारोबार भएको छ ।  क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.६५ अंकले घटेको छ ।

सामान्य अंकले घटेको बजारमा फाइनान्स ३१.७२ अंक, माइक्रोफाइनान्स ०.८५ अंक र सामूहिक लगानी कोष ०.०२ अंकले बढेको छ । यता, बैकिङ ८.७१ अंक, व्यापार २.३७ अंक, होटल ३१.०४ अंक, विकास बैंक २०.९९ अंक, जलविद्युत ४४.५७ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स ७४.३१ अंक, अन्य ५.९२ अंक र लाइफ इन्स्योरैन्स २४.१६ अंकले घटेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको