अर्थ संसार, काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्री भइरहेको छ । संस्थाले संस्थापक समुहको १ लाख १० हजार कित्ता संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री खुल्ला गरेको हो ।
सो संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, कम्पनी, संघ, सस्थाहरुले कार्तिक ६ गतेभित्र बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
शेयरको न्युनतम मूल्य ७ सय २५ रुपैयाँ तोकिएको छ त्यसैले सो भन्दा बढी मुल्यको लागि आवेदन पेश गर्नुपर्नेछ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस