Like us!
Follow us!
Connect us!
Watch us!

एनसिसि बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

अर्थ संसार

शुक्रबार, २३ असोज २०७७, ०६ : ४९ मा प्रकाशित

एनसिसि बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

अर्थ संसार, काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनि लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसिसि बैंक) को संस्थापक समुहको शेयर असोज २ गते, शुक्रबारबाट बिक्रीका लागि खुल्ला भइरहेको छ ।

बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीका लागि खुल्ला भएको हो । सो संस्थापक शेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, संघ, संस्थाहरुले कार्तिक ६ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

शेयरको न्युनतम मूल्य १ सय १० रुपैयाँ तोकिएको छ त्यसैले सो भन्दा बढी मूल्यका लागि आवेदन पेश गर्नुपर्नेछ ।

शेयर खरिदबिक्री तथा प्रवन्धकको कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको