Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिन अब केही दिनमात्र बाँकी !

अर्थ संसार

शुक्रबार, २३ असोज २०७७, ०६ : ३३ मा प्रकाशित

समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिन अब केही दिनमात्र बाँकी !

अर्थ संसार, काठमाडौं - समृद्धि फाइनान्स कम्पनि लिमिटेडले असोज १६ गते, शुक्रबारदेखि  हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

सो शेयर खरिद गर्न चाहने शेयरधनीहरुले कात्तिक ६ गतेसम्म मात्र उक्त शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैले उक्त हकप्रद शेयरका लागि दरखास्त बुझाउन बाँकी शेयरधनीहरुले हकप्रद शेयर खरिदको लागि दरखास्त बुझाई आफ्नो हक कायम गर्न फाइनान्सले सबैलाई आग्रह गरेको छ ।

फाइनान्सले १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयरको अनुपातमा प्रति शेयर १०० रुपैयाँ अंकित दरको ३६ लाख ३९ हजार  ६ सय ६ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

सो शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
फाइनान्सले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको