Like us!
Follow us!
Connect us!
Watch us!

बिन्ध्यवासीनी हाइड्रोपावरले लाभांश घोषणा गर्दै हकप्रद सेयर निष्कासनको प्रस्ताव

अर्थ संसार

मंगलबार, ०८ पुस २०८२, ०८ : ५८ मा प्रकाशित

बिन्ध्यवासीनी हाइड्रोपावरले लाभांश घोषणा गर्दै हकप्रद सेयर निष्कासनको प्रस्ताव

बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव अघि सारेको छ। कम्पनीको पुस ७ गते सम्पन्न सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव गरेको छ। यससँगै बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांशसमेत वितरण गरिनेछ। प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई प्रदान गरिनेछ।

कम्पनीले पुस ३० गते वार्षिक साधारणसभा आह्वान गरेको छ। सो सभाका लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ। बुक क्लोजको मितिसम्म नाम दर्ता भएका सेयरधनी मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

साधारणसभामा कम्पनीले पूँजी संरचना विस्तारसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पनि पेश गर्ने जनाएको छ। हाल कायम चुक्ता पुँजीको आधारमा १:१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सभामा लैजाने तयारी गरिएको छ। यसका अतिरिक्त, भविष्यमा सर्वसाधारण सेयरमा रूपान्तरण हुनेगरी ऋणपत्र निष्कासन गर्ने प्रस्तावसमेत साधारणसभाको एजेन्डामा समावेश गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको