Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीलाई ऋचा शर्माको खुलापत्र : मलाई छोरी जन्मिएला भन्ने डर छ !

अर्थ संसार

शुक्रबार, २३ असोज २०७७, १३ : १४ मा प्रकाशित

प्रधानमन्त्रीलाई ऋचा शर्माको खुलापत्र :  मलाई  छोरी जन्मिएला भन्ने डर छ !

अर्थ संसार, काठमाडौं  - पछिल्लो सयम देशको विभिन्न स्थानमा बलात्कारको घटना  दिनप्रतिदिन बढ्दै गएका छन् । बालिका, किशोरी एवं महिलाको सुरक्षा बारे प्रश्न उठिरहेका छन्। सेलिब्रेटीदेखि आम मानिस सामाजिक सञ्जालमा वहस गरिरहेका छन्।

यसै विषयमा अभिनेत्री एवं फिल्म निर्माता ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेकी छिन्। फेसबुकमा उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै नेपालमा महिलाहरू सुरक्षित नभएको बताएकी छिन्। नायिका ऋचा शर्माले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकी छिन् । 

एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ ।

मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि,यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ ।

दिनहुँ स-साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ । जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ।

हामी टेक्नोलॉजीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौ । यहाँ बालिकाहरुलाइ समम् खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी-नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदैछन। बाँकी तपाईहरु बुझकी!

निवेदक एक आम नेपाली नारी

 ऋचा शर्मा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको