Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु डिजिटल बन्यो पब्लिक कम्पनी

अर्थ संसार

शुक्रबार, २३ असोज २०७७, १४ : ३८ मा प्रकाशित

प्रभु डिजिटल बन्यो पब्लिक कम्पनी

अर्थ संसार, काठमाडौँ - प्रभु ग्रुप अन्तर्गतको प्रभु डिजिटल प्राईभेट लिमिटेड अब पब्लिक कम्पनीको रुपमा सञ्चालन हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ईमेलसहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालन हुने भएको हो । 

हालै मात्र दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल प्राईभेट लिमिटेडको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको छ ।

नाम परिवर्तन र पब्लिक लिमिटेड गरेसँगै कम्पनीलाई साधारण शेयर (आइपिओ) निष्कासन गर्ने बाटो समेत खुलेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको