Like us!
Follow us!
Connect us!
Watch us!

केटिएम इन्टरनेशनले ल्यायो इटालियन बनेली मोटरसाइकल

सोमबार, ०४ बैशाख २०७४, १० : १३ मा प्रकाशित

केटिएम इन्टरनेशनले ल्यायो इटालियन बनेली मोटरसाइकल

दिनिता लामिछाने

काठमाडौं–केटिएम इन्टरनेशनले इटालियन ब्रान्ड बनेलीका मोटरसाइकल विक्री सुरु गरेको छ । 

बेनेलीका ३ नयाँ मोडलका मोटरसाइकल नेपाली बजारमा विक्री सुरु भएको हो । ती मोडलमा टिएनटी १३५, टोर्नाडो ३०२ आर र टिआरके ५०२ छन् । 

टिएनटी १३५ मोडलको मंकी बाइक नाम दिइएको मोटरसाइकलको मूल्य  २ लाख ५० हजार रुपैयाँ छ । यसमा १ सय ३५ सिसिको इन्जिन र ७ लिटरको ट्याङ्की छ । प्रतिलिटर ४० किलोमिटरसम्म माइलेज दिने केटिएम इन्टरनेशनले जनाएको छ । 

यस्तै टोर्नाडो ३०२ मोडलको बाइकको मूल्य ७ लाख ५० हजार छ । यसमा १४ लिटरको ट्याङ्कि छ भने २५ देखि २८ किलोमिटरसम्म माइलेज दिन्छ । यो बाइक ३ सय सिसिको हो ।  यसको अगाडिको चक्कामा २ सय ६० एमएमको डबल डिस्क ब्रेक छ ।

अर्को टिआरके ५०२ मोडलको बाइकको मूल्य ११ लाख रुपैयाँ छ । यसको  इन्जिन ५ सय सिसिको छ भने २० लिटरको ट्याङकी छ । यो बाइकले भने प्रतिलिटर २० देखि २५ किलोमिटर सम्म माइलेज दिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको