Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरलको आइपिओमा कति पर्यो आवेदन ? बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले दियो यस्तो अन्तिम तथ्याङ्क

अर्थ संसार

सोमबार, २६ असोज २०७७, १७ : २५ मा प्रकाशित

सानिमा जनरलको आइपिओमा कति पर्यो आवेदन ?  बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले दियो यस्तो अन्तिम तथ्याङ्क

अर्थ संसार, काठमाडौँ - सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काे अन्तिम तथ्यांक सार्वजनिक भएकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडका अनुसार अन्तिम दिनसम्ममा आइपिओमा ८ लाख ८८ हजार ७ सय ६ जना आवेदकले १ अर्ब ९० करोड ९१ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ९१ हजार ८० कित्ताको लागि आवेदन दिएका  छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ७ गुणा धेरै हो । 

यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा २ लाख ७३ हजार जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ६ लाख १५ हजार ७ सय ६ जनाको हात खाली हुनेछ ।

कम्पनीले असोज २१ गते, बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हाे । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

Sanima General Insurance को IPO को सम्पूर्ण जानकारी | कम्पनी कस्तो छ त ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको