Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ शेयरधनीको डिम्याट खातामा जम्मा

अर्थ संसार

शनिबार, १५ कार्तिक २०७७, ०९ : ३९ मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ शेयरधनीको डिम्याट खातामा जम्मा

अर्थ संसार, काठमाडौं – सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज २१ गते, बुधबारदेखि असाेज २५ गते आइतबारसम्म निष्कासन गरेको साधारण शेयर (आइपिओ) हिजाे (कार्तिक १४ गते, शुक्रबार) देखि शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुन सुरू भएको छ ।

कम्पनीको शेयर एसजीआई (SGI) सिम्बोलमा शेयर प्राप्त गरेका लगानीकर्ताको हितग्राही खाता ( डिम्याट) जम्मा भएको हो ।

हाल कम्पनीकाे उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन्  । 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा २ लाख ७३ हजार जना आवेदकले १० कित्ता शेयर हात पारेका छन् भने ५ लाख ९० हजार ५ सय ८५ जना आवेदकको हात खाली भएको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको