Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्सकाे विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, १६ : ४१ मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्सकाे विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

आज असाेज ११ गते सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कुण्डलीनी दरवार बैङक्वेट, चण्डोल, काठमाण्डौँमा सम्पन्न भएकाे छ ।

उक्त सभामा प्रस्तुत सानिमा जनरल इन्स्योरेन्स लि. र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. एक आपसमा गाभ्ने/गाभिने (Merger) सम्बन्धी निर्णय तथा कम्पनीको चल अचल सम्पत्ति र दायित्व मुल्याङ्कन (Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्ती तथा निजलाई प्रदान गरिएको पारिश्रमिकको अनुमोदन गर्नुका साथै मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

साथै अध्यक्षले सभामा उपस्थित सम्पूर्ण शेयरधनीहरु तथा कर्तव्यनिष्ठ कर्मचारीहरुलाई हार्दिक धन्यवाद प्रदान गर्दै सभाको विसजर्न गरेका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको