Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकका ऋणीलाई व्याज रकममा भारी छुट !

अर्थ संसार

मंगलबार, २७ असोज २०७७, १४ : १३ मा प्रकाशित

महालक्ष्मी विकास बैंकका ऋणीलाई व्याज रकममा भारी छुट !

अर्थ संसार, काठमाडौं - महालक्ष्मी विकास बैंकले ऋणीहरुले असोज मसान्त भित्र तिनुपर्ने कर्जाको ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट दिन निर्णय गरेको छ ।

बैंकले व्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्ने जानकारी दिएको छ । कोरोनाभाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाइएको जनाइएको छ । 

बैंकले देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुका १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गर्दै आएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको