Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा”

अर्थ संसार

शुक्रबार, ०७ जेठ २०७८, १३ : १२ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा”

महालक्ष्मी विकास बैंक लिमिटेडले २७ औं वार्षिक उत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुले जेष्ठ ७ गते देखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट एक सय रूपैयाँ प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, Connect IPS, QR Code लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु र अरुलाई सुरक्षित राख्न अनुरोध गरेको छ ।

                                    
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको